होटलको आवश्यकतालाई ध्यानमा राखी स्थापना गरिएको एउटा तालिम केन्द्र
द जापान होटल स्कुल होटल व्यवसायको आवश्यकतालाई मध्य नजर गर्दै होटल सेवा व्यवसायीहरुलाई विशिष्ट तालिम दिने उदेश्यले स्थापना भएको हो। प्रतिभाहरुलाई निखार्न यहाँ उत्कृष्ट पाठ्यक्रम, सहजताहरु, सुविधाहरु र शिक्षकहरु उपलब्ध छन् ।राज्य र प्रमुख होटलहरुको सहयोग बाट स्कुलको निम्ति एउटा जग बसालिएको छ l यसले गर्दा हरेक वर्ष प्रमुख होटलहरुमा स्कुलले यस्तै प्रतिभाहरुलाई पठाउन योग्य बनाउँछ ।
होटल व्यवसायको आवश्यकतालाई पुरा गर्ने उद्देश्यले स्थापना भएको एउटा संस्थान हो
द जापान होटल स्कुल होटल व्यवासयको आवश्यकतालाई मध्य नजर गर्दै होटल सेवा व्यवसायीहरुलाई विशिष्ट तालिम दिने उदेश्यले स्थापना भएको हो । प्रतिभाहरुलाई निखार्न यहाँ उत्कृष्ट पाठ्यक्रम, सहजताहरु, सुविधाहरु र शिक्षकहरु उपलब्ध छन । राज्य र प्रमुख होटलहरुको सहयोग बाट स्कुलको निम्ति एउटा जग बसालिएको छ । यसले गर्दा हरेक वर्ष प्रमुख होटलहरुमा स्कुलले यस्तै प्रतिभाहरुलाई पठाउन योग्य बनाउँछ ।
एउटा त्यस्तो पेशा जसले पाहुनाहरुलाई खुशी ल्याउँछ
प्रथम-श्रेणीको दक्षहरुको सेवाले होटलको प्रतिक्षा कक्षहरुमा, रेस्टुरेण्ट बारहरुमा, चर्चहरुमा, मिटिङ्ग स्थानहरुमा र विवाह भोजहरुमा जोश ल्याउँछन । द जापान होटल स्कुल एउटा त्यस्तो स्कुल हो जहाँ त्यस्ता प्रतिभाहरुलाई आकार दिइन्छ ।
विगत ३० वर्ष देखि द जापान होटल स्कुलले उच्च प्रतिभाहरुलाई होटल र विवाह व्यवसायमा तालिम दिँदै आईरहेको छ ।
द जापान होटल स्कुल को तालिमको मुख्य तरिका भनेको सिधै होटल र विवाह समारोहका क्रियालापहरुमा सहभागी गराउनु हो । यसले गर्दा यस व्यवसायमा भएका त्यस्ता उच्च प्रतिभाहरुलाई निखार्न आवश्यक पर्ने शिपहरु सिक्न र सेवा-हृदय सिक्न मद्दत मिल्छ । आउनुहोस, तपाईंको चिताउनु भएको भविष्यतर्फ पहिलो कदम बढाउनुहोस ।
【होटलको विशेषज्ञता】
होटल-सम्बन्धित अध्यनहरुको व्यवस्थित सिकाइ
【अंग्रेजी विशेषज्ञता】
दक्ष अंग्रेजीमा सुधार
प्रतिभाहरुलाई अन्तराष्ट्रिय होटल म्यानेजमेन्ट अनुसार तयार गरिन्छ
यी विशेषज्ञताहरु निम्न होटल व्यवसायका काममा सहभागी बनाउँछ:
रिसेप्सन डेस्क सर्भिस, टुर गाइड, पोर्टर (भरिया), डोरम्यान (ढोके), हाउस किपिङ्ग सेवा, अकोमोडेशन रिजर्भेसन, ब्याङ्क्कुएट सर्भिस, रुम सर्भिस, वाइन अप्राइजर(बेच्ने), मार्केटिङ्ग, विज्ञापन र योजना ।
निम्न प्रमाणपत्रहरु पनि प्राप्त गर्न सकिन्छ:
होटल बिजिनेस प्र्याक्टिसको प्रमाणपत्र, क्याटरिङ्ग सर्भिस स्किल, बिजिनेस क्यापबिलिटि, TOEIC, ट्राभल अंग्रेजी, सेक्रेटेरियल सिप, ईण्टिलिजेन्स प्रोसेसिङ्ग र युटिलाइजेशन, व्यवहारिक अंग्रेजी र माइक्रोसफ्ट अफिस प्राविधिक |
【विवाह विशेषज्ञता】
विवाहहरुलाई सजावट गर्ने कुरामा विशिष्ट प्रतिभाहरुलाई सिकाइनेछ
यो विशेषज्ञताले विवाह व्यवसायको काममा निम्न कुराहरुमा सहभागी गराउन सक्छ:
विवाह योजना, टेबल सजावट, पहिरन डिजाइन, भोज रिजर्भेसन, भोज सर्भिस र व्यक्तिगत परिचारक ।
निम्न प्रमाणपत्रहरु पनि प्राप्त गर्न सकिन्छ:
सहायक, विवाह र प्रमाणपत्र होटल बिजिनेस सामान्य मामिलाको निम्ति, होटल बिजिनेस अभ्यास, बिजनेस दक्षता, TOEIC, ट्राभल अंग्रेजी, सेक्रेटेरियल सिप, ईण्टिलिजेन्स प्रोसेसिङ्ग र युटिलाइजेसन, प्रयोगात्मक अंग्रेजी र माइक्रोसफ्ट आफिस प्राविधिक ।
सबै विशेषज्ञताहरुको निम्ति प्रोफेसनल योग्यताको प्रमाणपत्र प्रदान गरिन्छ ।