भर्ना सम्बन्धी निर्देशनहरु (विदेशी विद्यार्थीहरुको लागी)
द जापान होटल स्कुल ग्राहकहरु र पाहुनाहरुको खुशीको प्रवेशद्वार हो |
स्थान चाहे होटलको प्रतिक्षा कक्ष, रेस्टुरेण्ट वा बार, वा एउटा सभा कक्ष, गोष्ठी वा स्वागत कक्ष होस्, यि स्थानहरुमा भएका कर्मचारीहरु नै हुन् जसले सटिक रुपमा उच्च स्तरीय सेवा कसरी प्रदान गर्ने भनि सिकेका छन् र यिनीहरु उत्कृष्ट अतिथि सत्कार र एउटा सन्तुष्ट पार्ने वास्तविक अनुभव सिर्जना गर्न महत्वपूर्ण रुपले प्रतिबद्ध छन् । द जापान होटल स्कुल एउटा सिपमुलक तालिमको कलेज हो जसले हस्पिटालिटि (अतिथि सत्कार) कर्मचारीलाई व्यावसायिकताको त्यो स्तरसम्म पुग्न सक्षम बनाउन यसले होटल तालिमको दक्षता प्रदान गर्दछ । हामीले चालिस वर्ष भन्दा बढि देखि ठुलो संख्यामा प्रतिभावान कर्मचारीहरुलाई शिक्षित बनाई रहेका छौँ जसले तालिम पश्चात होटल र ब्राइडल (वैवाहिक) उद्योगहरुमा सफल व्यवसायमा गईसकेका छन l
विषयहरु/समयावधि/विद्यार्थी कोटा (विदेशी विद्धार्थीहरुको लागि)
विभाग/विषयहरु | विषय अवधि | भर्ना मिती | ||
---|---|---|---|---|
दिवा कक्षा विषय | अन्तराष्ट्रिय होटल व्यवस्थापन को विभाग | होटल विषय | दुई वर्ष | अप्रिल २०१९ |
अंग्रेजी विषय | ||||
विवाह विषय |
* सम्पुर्ण विद्यार्थीहरु जसले दिवा कक्षा विषय पुरा गरेका छन उनीहरुले होटल व्यवस्थापनमा एउटा दक्ष डिग्रिमा (सेन्मोन्शि डिप्लोमा) दिक्षान्तित हुनेछन l
परीक्षार्थी छनौट प्रक्रिया
अधिक जानकारीको लागी यहाँ क्लिक गर्नुहोस (जापानिज वेबसाइट)
प्रवेश छनौट समय
भर्ना योग्यताहरु | शैक्षिक पृष्ठभूमि |
सामान्य नियम अनुसार निवेदकहरुले आफ्नो निज देशमा बाह्र वर्षको स्कुल पढाई पुरा गरेको हुनु पर्छ । त्यस्तो देश (क्षेत्र) बाट आएका हरेक विद्धार्थी जहाँको शैक्षिक व्यवस्थाले बाह्र वर्ष भन्दा कम अवधिको स्कुललाई अनुमति दिन्छ भने त्यस्ता विद्धार्थीले जापान-अवस्थित तैयारी शैक्षिक कार्यक्रम पुरा गरिसकेको वा पुरा गर्नु पर्ने हुन्छ ।| * कृपया ध्यान दिनुहोस कि विदेशी नागरिकहरु जसले वैध बसोबास अनुमित (स्थायी बसोबास, दिर्घ अवधि बसोबास, डिपेण्डेण्ट, पतिपत्नी, आदि) प्राप्त गरेको हुनुहुन्छ जो जापानिज उच्च विद्धालय बाट दिक्षान्तित भई सक्नु भएको छ वा जो दिक्षान्तित हुन जाँदै हुनुहुन्छ उहाँहरु एउटा विदेशी विद्धार्थीको रुपमा प्रवेश परिक्षामा बस्न पाउनु हुन्न कृपया ध्यान दिनुहोस कि विदेशी नागरिकहरु जसले वैध बसोबास अनुमित (स्थायी बसोबास, दिर्घ अवधि बसोबास, डिपेण्डेण्ट, पतिपत्नी, आदि) प्राप्त गरेको हुनुहुन्छ जो जापानिज उच्च विद्धालय बाट दिक्षान्तित भई सक्नु भएको छ वा जो दिक्षान्तित हुन जाँदै हुनुहुन्छ उहाँहरु एउटा विदेशी विद्धार्थीको रुपमा प्रवेश परिक्षामा बस्न पाउनु हुन्न । |
---|---|---|
जापानिज भाषा दक्षता |
जापानिज भाषा स्कुल बाट दीक्षित भएको वा दीक्षित हुन गई रहेको हुनु पर्नेछ जहान ६ महिना भन्दा बढि अवधि उपस्थित भएको र जापानिज भाषा शिक्षाको विकाश संस्थान बाट प्रमाणित गरिएको हुनुपर्ने छ । जापानिज भाषा दक्षताको परिक्षाको N2 वा त्यो भन्दा उच्च श्रेणी उत्रिर्ण गरेको हुनु पर्नेछ । जापानिज भाषा दक्षता परिक्षामा “जापानिज” मा २०० वा त्यो भन्दा बढी अंक ल्याएको हुनुपर्ने छ । BJT अर्थात बिजिनेस जापानिज दक्षता परिक्षामा ४०० वा त्यो भन्दा बढि अंक ल्याएको हुनुपर्ने छ । |
|
जमानी |
सबै निवेदकहरु संग एक जना जमानी बस्ने व्यक्ति हुनै पर्छ l कृपा गरि तपाईं संग एक जना व्यक्तिगत जमानी बस्ने छ भनि निश्चित गराउनुहोस जो तपाईं भर्ना हुनुभएको दुई वर्ष देखिको स्कुल शुल्कहरुको भुक्तान गर्ने सम्बन्धमा एउटा ‘सामुहिक उत्तरदायित्व” बहन गर्ने जमानीको रुपमा हुनेछ। जमानी बस्ने व्यक्ति जापानिज व्यक्ति हुनसक्छ वा कुनै विदेशी नागरिक पनि हुनसक्छ तर त्यो व्यक्ति स्थायी रोजगार गरेको अवस्थामा हुनुपर्छ । |
|
कानून र स्कुलको नीति नियमहरु | सबै निवेदकहरुले जापानमा एउटा विदेशी विद्ध्यार्थी रहेको अवस्थामा अध्यागमन कानून, सपूर्ण जापानिज कानूनहरु, र स्कुलको नीति नियमहरुको पालना गर्नै पर्छ । | |
छनौट प्रक्रिया |
सम्पूर्ण निवेदकहरु एउटा प्रवेश परिक्षाको जाँचमा बस्नु पर्नेछ जुन विशेष तवरले विदेशी विद्ध्यार्थीहरुको निम्ति तैयार गरिएको छ । अन्तर्वार्ता (करिव २० मिनेट) ■विद्यार्थीहरुलाई टुरिजम व्यवसायमा सेवा उपलब्ध गराउने कर्मचारीको रुपमा उनीहरुको दक्षता सम्बन्धि प्रश्नहरु सोधिनेछ, साथै पढाइ सम्बन्धि उनीहरुको स्वभाव र जोशको विषयमा पनि सोधिनेछ। ■सम्पूर्ण विद्यार्थीहरुलाई उनीहरु जापानिज विद्यार्थीहरु संगै बसेर कक्षाहरु बस्न सक्षम छन् या छैनन् भनि उनीहरुको जापानिज भाषा दक्षता को स्तरको जाँच लिइनेछ । लिखित जापानिज परिक्षा (४० मिनेट) ■यो परिक्षाको प्रश्नहरु जापानिज भाषा दक्षता जाँचको N2 स्तरमा पाईने प्रश्नहरु समान हुन्छन्। * माथि उल्लेखित परिक्षाहरुको साथै अंग्रेजी भाषामा भर्ना हुन चाहाने निवेदकहरुले पनि एउटा अंग्रेजी परिक्षामा बस्नु पर्ने हुन्छ (लिखित र श्रव्य ) |
|
छनौट शुल्क | २०,००० येन | |
एउटा भन्दा बढी स्कुलमा भर्ना हुन चाहने निवेदकहरु | सकिन्छ | |
निवेदनको कागजातहरु |
भर्ना निवेदन फाराम (स्कुलले निर्धारित गरेको कागजात) x 1 जापानिज भाषाको दक्षताको प्रमाणको निम्ति प्रस्तुत गर्नुपर्ने प्रमाणपत्रहरु ■कुनै जापानिज भाषा स्कुलमा हालैमा अध्धयन गर्दै गरेका वा दिक्षान्तित भई सकेका निवेदकहरु कक्षा उपस्थित भएको शैक्षिक योग्यताको प्रतिलिपि र प्रमाणपत्र प्रत्येक कागजातको x 1 ■कुनै जापानिज भाषा स्कुल नपढेका निवेदकहरुले निम्न मध्ये एक ल्याउनु पर्नेछ ・जापानिज भाषा दक्षता प्रमाणपत्रको प्रतिलिपि (N2 लेभल वा उच्च) ・अन्तराष्ट्रिय विद्यार्थीहरुको निम्ति जापानिज विश्वविद्यालय भर्नाको परिक्षाको प्राप्त अंक लब्धाङ्कको प्रतिलिपि (२०० प्राप्त अंक अथवा जापानिजको निम्ति त्यो भन्दा बढि) ・BJT बिजिनेस जापानिज दक्षता जाँचको लब्धाङ्क प्रमाणपत्रको प्रतिलिपि (४०० वा त्यो भन्दा उच्च अंक) 1 रंगिन फोटो (लम्बाई: ४ से.मि x चौडाई: ३ से.मि) (भर्ना निवेदन फाराम संगै टाँस गरिएको हुनुपर्नेछ) |
|
आवेदन बुझाउँदा ध्यान दिनुपर्ने कुराहरु |
आवेदन बुझाउने समयमा कृपया सबै मागिएका कागजातहरु छनौट शुल्क सहित सम्मिलित छ भनि पक्का गर्नुहोस । कृपया ध्यान दिनुहोस कि बुझाइएको कागजातहरु र छनौट शुल्कहरु पुनः फिर्ता गरिनेछैन । स्कुलमा व्यक्ति आफैले आएर बुझाएको आवेदन्हरु मात्रै स्वीकृत हुनेछन । हुलाक द्वारा आफ्ना आवेदनहरु बुझाउन चाहाने आवेदखरुले पहिले स्कुल संग यसको विवरणहरु छलफल गरेको हुनुपर्नेछ । |
|
आवेदन स्वीकृत अवधि |
अक्टोबर १, २०१८-मार्च ४, २०१९ सोमबार-शुक्रबार: ९:३० विहान – ७:०० बेलुकी (शनिबार: ५:०० बेलुकी सम्म) |
|
आवेदनको नतिजाको सूचना | परीक्षार्थीहरुलाई व्यक्तिगत रुपमा पोस्ट द्वारा उनीहरुले दिएको आवेदन को नतिजाको स्थिति बारे सुचिती गरिनेछ, चाहे पास वा फेल जे भए पनि । टेलिफोन बाट नतिजाहरु भनिने छैन l कृपया प्रवेश छनौट तालिका हेर्नुहोला। | |
भर्ना प्रक्रिया |
सफल परीक्षार्थीहरुलाई भर्ना सम्बन्धि सल्लाह दिईनेछ जब उनिहरुलाई स्वीकार-पत्र पठाइनेछ, तर तल दिईएका भर्नाको निम्ति आवश्यक पर्ने कागजातहरु ल्याउनुहोला । १. भर्ना शुल्क (भर्ना शुल्क/प्रथम वर्ष प्रथम सेमेस्टर ट्युशन शुल्क/मर्मत शुल्क) र विद्धार्थी संक्षिप्त इन्स्युरेन्स २. तमसुक/प्रतिज्ञा पत्र ३. आवेदक आफ्नो देशमा दिक्षान्तित भएको सबै भन्दा उच्च शैक्षिक संस्थानले जारि गरेको प्रमाण पत्र (सकल) वा डिप्लोमा (सकल/नकल) (कृपया बुझाउने दिनमा दिक्षान्तित प्रमाणपत्रहरु सकल र नकल लिएर आउनु होला किनभने तिनीहरुको प्रमाणीकरण हुनेछ) यदि प्रमाणपत्र र डिप्लोमा दुइ तपाईंको मातृ भाषामा जारि भएको भए कृपया तिनलाई जापानिज भाषामा अनुवाद पनि गरेर ल्याउनुहोला l अंग्रेजीमा भएको प्रमाणपत्रहरुलाई कुनै अनुवाद बिना सोझै स्वीकार गरिनेछ। ४. जापानिज भाषा स्कुलले जारि गरेको सम्पन्न गरेको प्रमाणपत्र वा सम्पन्न गर्न लागेको प्रमाणपत्र वा भर्नाको प्रमाणपत्र ५. आवेदकको पासपोर्टको प्रति (फोटो सहितको) ६. आवेदकको बसोबासको कार्डको प्रति (अगाडि र पछाडी) *कृपया ध्यान दिनुहोस कि जापानिज कानूनले कुनै पनि अवरोधहरु भेटाएमा सम्पूर्ण भर्नाहरु रद्द हुनसक्छ, आवेदकले बसोबासको स्टाटस (भिसा)को निवेदन दिईरहेको वा उचित भिसा प्राप्त गरि सकेको भए पनि l |
स्कुल शुल्क
वर्ष १ | बसन्त/स्प्रिंग सेमेस्टर | शरद/फल सेमेस्टर |
---|---|---|
प्रवेश शुल्क | ¥100,000 | - |
ट्युशन | ¥636,000 | ¥636,000 |
मर्मत शुल्क | ¥220,000 | - |
सेमेस्टर कुल | ¥956,000 | ¥636,000 |
ट्युशन कटौती | ¥-200,000 | ¥-200,000 |
कुल भुक्तान | ¥756,000 | ¥436,000 |
अन्तिम मिति | प्रवेश प्रक्रियाको मिती जस्तै | ८/३१ |
वर्ष १ को जम्मा भुक्तान : ¥1,192,000 |
वर्ष २ | बसन्त/स्प्रिंग सेमेस्टर | शरद/फल सेमेस्टर |
---|---|---|
शरद/फल सेमेस्टर | - | - |
ट्युशन | ¥642,000 | ¥642,000 |
मर्मत शुल्क | ¥220,000 | - |
सेमेस्टर कुल | ¥862,000 | ¥642,000 |
ट्युशन कटौति | ¥-200,000 | ¥-200,000 |
कुल भुक्तान | ¥662,000 | ¥442,000 |
अन्तिम मिति | 2/28 | 8/31 |
वर्ष २ को जम्मा भुक्तान: ¥1,104,000 |